काठमाडौं– सरकारले कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् डिमान्ड शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।

होटल उद्योगको रुपमा सञ्चालन भई नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल र रेस्टुरेन्टलाई मात्र यो सुविधा दिइने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा बताए ।

सरकारले कोभिड संक्रमण रोक्न लकडाउन घोषणा गरेको २०७६ चैत ९ गतेदेखि २०७७ भदौ मसान्तसम्म होटल उद्योगले भुक्तनी गर्नुपर्ने बिजुलीको डिमान्ड शुल्क शतप्रतिशत मिनाहा गरिने उनले बताए । २०७७ असोजदेखि माघसम्मको डिमान्ड शुल्क भने ५० प्रतिशत मिनाहा हुनेछ ।

पर्यटन व्यवसायीले सरकारको यो निर्णयको स्वागत गरेको छ । होटल एसोसिएसन अफ नेपालले सरकारले दिएको छुटबाट होटल व्यवसायीले राहत महसुस गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय