काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिरमा हुने भएको छ ।

प्रतियोगिता आगामी मंसिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट संघ (क्यान)ले बिहीवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त प्रतियोगिता लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ ।

गत वर्ष मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना भएको पहिलो संस्करणको एनपिएल सफल भएसँगै दोस्रो संस्करणमा धेरैको ध्यान आकर्षित भएको छ ।

एनपिएलमा हाल आठ वटा टोली छन् । जसमा विराटनगर किङ्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स छन् ।

एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । एनपिएलको दोस्रो संस्करणको तयारी स्वरुप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति भइरहेको छ । हाल प्यारापिट निर्माण भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय