काठमाडौं– आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले एक सय २३ रनको योगफल बनाएको छ ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । यस्तै, रोहित पौडेलले २३ र आसिफ शेखले २० रन बनाए भने दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भए । करण केसी १८ रनमा अविजित रहे ।

इटालीका बलरमध्ये क्रिसान कालुगामागेले ४ ओभरमा १८ रन दिँदै ३ विकेट लिए । यस्तै, बेन मानेन्टीले ९ रन खर्चेर २ विकेट झारे भने जसप्रीत सिंह र जे जे स्मट्सले समान १–१ विकेट लिए ।

पावरप्लेमा नेपालले १ विकेट गुमाएर ४५ रन बनाएको थियो, तर मध्यक्रममा लगातार आउट भएपछि ठूलो स्कोर बनाउन सकेन । अब जितका लागि इटालीलाई २० ओभरमा १२४ रन आवश्यक छ ।

यसअघि समूहमा नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको हार बेहोरेको थियो। इटाली पनि स्कटल्यान्डसँग पराजित भएको थियो। दुवै टोलीले आफ्नो पहिलो खेल गुमाएकाले आजको खेलमा जित महत्वपूर्ण छ। नेपालले आज इटालीसँग दोस्रो खेल खेलेपछि आइतबार वेस्ट इन्डिज र मंगलबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय