काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बलेन्द्र शाहको नेतृत्वको सरकारले शपथ ग्रहण गरेको २४ घण्टा नबित्दै सरकारविरुद्ध मुर्दावादको नारा घन्किएको छ ।
सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भदौ २३ को घटनामा अनुसन्धान गर्न पक्राउ गरेपछि ओली निवास गुण्डुमा एमाले कार्यकर्ताले सरकार विरोधी नारा लगाएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार १२ बजेर ३४ मिनेटमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।









