काठमाडौं– मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ५०० रूपैयाँले घटेको सुनको भाउ मंगलबार प्रतितोला ६ हजार ७०० रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रूपैयाँ तोकेको छ। सोमबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रूपैयाँमा किनबेच भएको थियो।

यस दिन चाँदीको मूल्य भने प्रतितोला १४५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ४ हजार ७०० रूपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबार बढेर प्रतितोला ४ हजार ८४५ रूपैयाँ पुगेको छ।

यो सामग्री तयार गर्दै गर्दा अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय