काठमाडौं– नयाँ श्रम स्वीकृति लिएर काम गर्न विदेश जाने नेपाली कामदारको संख्या घटेको र पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको पाइएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२–८३ को तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १३.७ प्रतिशतले घटेर २ लाख ७३ हजार ५३० कायम भएको छ।
त्यसैगरी सो अवधिमा वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १५.९ प्रतिशतले वृद्धि भई २ लाख ५१ हजार ९८३ पुगेको छ । यस अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको संख्या पाँच लाख २५ हजार ५१३ पुगेको छ । यसमध्ये, महिला १२.१ प्रतिशत र पुरुष ८७.९ प्रतिशत छन् । गत आर्थिक वर्षको सोही अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको संख्या ५ लाख ३४ हजार ४७१ रहेको थियो ।
सर्वेक्षणले आर्थिक वर्ष २०८१र–८२ मा वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १०.० प्रतिशतले बढेर ५ लाख पाँच ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या १८.५ प्रतिशतले बढेर ३ लाख ३३ हजार ३०९ पुगेको थियो ।









