काठमाडौं– यस वर्षको अन्तिम दिन सुनचाँदीको मूल्य घटेको छ । चैत मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८९ हजार ५०० मा र तेजाबी सुन प्रतितोला ८९ हजार ५० मा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला १०० ले बढेर ८९ हजार ६०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार मंगलबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २६० मा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २७५ मा कारोबार भएकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय