काठमाडौं– नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार उच्च गिरावट आएको सुनको मूल्य आइतबार तोलामा ७०० ले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९४ हजार १०० र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० मा कारोबार भइरहेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० र तेजाबी सुन प्रतितोला ९२ हजार ९०० मा कारोबार भएको थियो।

महासंघकाअनुसार यस दिन चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३५५ मा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ३४० मा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय