धनगढी– कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरु यही असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि खुल्ने भएको छ ।

कोरोना महामारीका झण्डै तीन महिनादेखि बन्द भएको दिपायल–धनगढी हवाई उडान असार २२ गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दिपायल–धनगढी हप्ताको दुई दिन मंगलबार तथा शुक्रबार समिट एअरले उडान भर्ने तालिका तयार गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण यहाँका डोटीको दिपायलसहितका अन्य जिल्लाहरु बझाङ, अछाम र बैतडीका आन्तरिक हवाई उडान बन्द भएका थिए । सरकारले निषेधाज्ञा खुकुलो गरेसँगै यहाँका पहाडी जिल्लामा धनगढी विमानस्थलबाट उडान सञ्चालन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय