काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालमा श्रीमती अम्बिका श्रेष्ठ नियुक्त भएकी छिन् । असार १८ गते सम्पन्न बैंक सञ्चालक समितिको ४९०औं बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।

बैंक तथा वित्तीय संस्थामा २५ वर्षभन्दा बढीको अनुभवी श्रेष्ठ स्ट्यान्डर्ड चाटैर्ड बैंक नेपालबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनी तत्कालीन सुप्रिम डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत थिइन् ।

व्यवसाय प्रशासनमा स्नातकोत्तर अध्ययन पूरा गरेकी श्रेष्ठ नेपाल फाइनान्स इन्स्टिच्युसन एसोसिएसन र डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा लामो समयसम्म आवद्घ रहेको महालक्ष्मीको विज्ञप्तिमा उल्लेख छ । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा पनि काम गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय