काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार सामान्य बढेको सुनचाँदीको मूल्य सोमबार भने स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० र तेजाबी सुन प्रतितोला ९१ हजार मा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी पनि अघिल्लो दिनकै मूल्य प्रतितोला एक हजार ३२५ मा कारोबार भइरहेको छ ।









