काठमाडौं– नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला ३०० र चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।
मंगलबार छापावाल सुन ९१ हजार ८०० र तेजाबी सुन ९१ हजार ३०० मा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबारको लागि चाँदीको मूल्य एक हजार ३०० निर्धारण भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३२५ मा कारोबार भएको थियो ।









