काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँड भएको छ । धितोपत्र बिक्रि प्रबन्धक एनएमबि क्यापिटको कार्यालयमा आज बिहान १० बजे सर्वसाधारणमा बिक्री ल्याएको प्राथमिक सेयर (आइपिओ) बाँडफाँट भएको हो ।
लघुवित्तले गत असार ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता आइपिओ बिक्री गरेको थियो ।
निष्कासन गरिएको कुल सेयरमध्ये ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका बिक्रिमा ल्याएको थियो ।
उक्त संस्थाको आइपिओमा कुल २० लाख ८७ हजार ३१७ जनाले ३ करोड १२ लाख ९९ हजार ३४० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३ हजार ४७१ जनाको आवेदन रद्द भएको र ६५ हजार ५३८ जनाको आवेदन आस्बाबाट अस्वीकृत भएको क्यापिटलले जनाएको छ ।
सो सेयरमा मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो । जसअनुसार एक लाख ८४ हजार ८०१ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर पाएका छन् भने ५ जना भाग्यमानीले ११ कित्ता सेयर पाएका छन्
आइपिओको अन्तिम नतिजा केही समयपछि सीडीएससीको https://iporesult.cdsc.com.np का साथै धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल र सम्बन्धित धितोपत्र निष्कासनकर्ता जीवन विकास लघुवित्तको वेबसाइटमा पनि हेर्न सकिनेछ। ।









