काठमाडौं– सहारा विकास बैंकले लगानीकर्तालाई एकैसाथ तीन आर्थिक वर्षको लाभांश दिने घोषणा गरेको छ ।

बैंकले लगनीकर्तालाई आव ०७४/७५, ०७५/७६ र ०७६/७७ को नाफाबाट कुल ५.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको मंगलबार सम्पन्न सञ्चालक समिति उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले ५.०५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत तथा वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय