काठमाडौं– साताको पहिलो दिन सेयर बजारको तथ्यांकीय मापक नेप्से ७३ बिन्दुले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से ७३.३३ बिन्दुले माथि उक्लेर २८९८.४३ मा पुगेको छ ।

यसअघि तीन हजारको बिन्दु पारको पुगेको नेप्सेमा गिरावट आउँदा २८०८ बिन्दुसम्म ओर्लेको थियो । बिहीबार ३ बिन्दुले माथि उक्लेको परिसूचकमा आइतबार उत्साहजनक सुधार देखिएको हो ।

यस दिन कारोबार भएका १३ वटै उपसमूहका सूचक बढेका छन् । सबैभन्दा बढी विकास बैंक र निर्जीवन बिमा उपसमूहको सूचक ३५५ बिन्दुले उकालो लागेका छन् ।

यस दिन २२५ कम्पनीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । ८२ हजार ४९ पटकको कारोबारबाट ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर किनबेच भएको छ । सबै उपसमूहको सेयर मूल्य बढे पनि कारोबार रकम भने बढेको छैन । केही अघि १९ अर्ब नाघेको कारोबार रकम आइतबार ८ अर्ब ६ करोड १३ लाख ८२ हजारमा सीमित भएको छ ।

यस दिन सबैभन्दा बढी कमाउनेमा श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी, आइसिएफसी फाइनान्स र गोर्खा फाइनान्सका सेयरधनी परेका छन् । उनीहरुको सेयर सम्पत्ति १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय