काठमाडौं– नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारमा नेकपा माओवादी (केन्द्र) का नेता जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । शर्माले मंगलबार साँझ राष्ट्रपति निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेस र सत्ता साझेदार नेकपा माओवादी (केन्द्र) बीच मन्त्रालय बाँडफाँडबारे भएको सहमति बमोजिम अर्थ मन्त्रालयको नेतृत्व उनले पाएका हुन् ।

यसअघि सफलतापूर्वक गृह र ऊर्जा मन्त्रालय सम्हालिसकेका शर्मा निष्कलंक छविका राजनीतिज्ञ हुन् । मुलुकमा एक दशकदेखि जारी लोडसेडिङ हटाउनमा उनको ठूलो भूमिका छ ।

२०७३ साउन ३० मा ऊर्जामन्त्री नियुक्त शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त गरी १८ घन्टासम्म हुने लोडसेडिङ हटाउन भूमिका खेलेका थिए । उनकै पालामा नेपालको पानी जनताको लगानी कार्यक्रम अघि सारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय