काठमाडौं– बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढ्दा चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३०० ले र चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० र तेजाबी सुन प्रतितोला ९२ हजार २०० मा कारोबार भइरहेको छ ।अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार ४०० र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ । बुधबारको लागि महासंघले चाँदीको मूल्य प्रतितोला एक हजार ३१५ तोकेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ३२० मा कारोबार भएको थियो।









