काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले कोभिड–१९ बाट अप्ठेरोमा परेको यातायात क्षेत्रलाई माथि उठाउने कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार बालुवाटारमा बधाई तथा शुभकामना दिँदै महासंघका पदाधिकारीले कोरोना खोप सर्वसुलभ बनाउन र यातायात क्षेत्रका समस्या सम्बोधन गर्न माग समेत गरेको छ ।

भेटमा महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, वरिष्ठ उपाध्यक्ष विजय स्वाँर, दीपक अधिकारी र हरिशरण केसी, महासचिव पुण्यप्रसाद सिटौला (सरोज), नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय