काठमाडौं– नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ६०० ले र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।

आइतबारका लागि छापावाला सुन प्रतितोला ९२ हजार ६०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार १०० मा कारोबार भइरहेको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार २०० र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो ।

यस्तै आइतबार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३२० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय