काठमाडौं– नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप काठमाडौं–नयाँ दिल्ली गन्तव्यमा सातामा ६ उडान सञ्चालन हुने भएको छ । यसअघि नयाँ दिल्लीमा साताको दुई उडान हँुदै आएकामा अब ६ उडान हुने भएको हो ।

सम्झौताअनुरुप नेपालले प्रस्ताव गरेबमोजिम उडान संख्या बढेको र छिट्टै उडान तालिका बनाइने नेपाल वायुसेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अब नयाँ दिल्लीमा काठमाडौंबाट सोमबार, बुधबार र शनिबार निगमको जहाजले उडान भर्नेछ । यसअघि दुई उडान कायम रहेका बेला निगमले बुधबार र भारतको एयर इन्डियाले शुक्रबार उडान भर्ने गरेका थिए । अहिले दुवै एयरलाइन्सले समान तीन–तीन उडान पाएका हुन् ।

यात्रुको सुविधालाई ध्यानमा राखी एयर इन्डियासँग समन्वय गरी उताको उडान हुने बार नजुध्ने गरी निगमले उडान तालिका बनाएको जनाइएको छ । उडान तालिका मिलाउँदा हरेक दिन उडान सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय