काठमाडौं– नेपाली बजारमा बुधबार सुनचाँदी मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ७०० ले र चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।
बुधबारको लागि छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन, मंगलबार छापावाला सुन प्रतितोला ९३ हजार २०० र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो ।
महासंघले जनाए अनुसार यस दिन चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २६० मा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २८० मा कारोबार भएको थियो ।









