काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिीर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९२ हजार १०० र तेजाबी सुन प्रतितोला ९१ हजार ६०० मा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९२ हजार र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदी अघिल्लो दिनको मूल्य अर्थात प्रतितोला एक हजार २७० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय