विराटनगर– उद्योग संगठन मोरङले आफूले मुलुकको आर्थिक तथा औद्योगिक क्ष्ँेत्रको हितलाई ध्यानमा राखी सञ्चालनमा ल्याउने कार्यक्रममा सहकार्यका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्री, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री र प्रदेश योजना आयोगका उपाध्यक्ष्ँसँग छलफल गरेको छ ।
छलफलमा संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले संगठनले प्रारम्भ गरेको स्टार्टअप एन्ड इनोभेसन कार्यक्रम, सीप विकास कार्यक्रम, इन्टरप्राइजिङ इस्ट र सीप विकास इकाइको स्थापना जस्ता कार्यक्रमले प्रदेशकै गरिमा बढाउँदै यस क्षेत्रलाई लगानीमैत्री बनाउने भएकाले यस प्रकारका बहुआयामिक कार्यक्रममा प्रदेश सरकारलाई सहकार्य गर्न अनुरोध गरे । सरकार र निजी क्षेत्रबीच समन्वय गरी सञ्चालन गरिने यस प्रकारको कार्यक्रमले प्रदेशको आर्थिक एवं औद्योगिक विकासका साथै उद्यमशीलता रुपान्तरणमा नयाँ आयाम थपि दिगो इकोसिस्टम विकास गर्न सहयोग पुर्याउने अध्यक्ष प्याकुरेलले वताए ।
त्यसैगरी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा सञ्चालन गरेको मेरो देश, मेरै उत्पादनका साथै संगठन, संघ, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको संयुक्त परियोजनाका रुपमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माणको प्रक्रियालाई तीव्रता दिन प्रदेश सरकारसमक्ष अध्यक्ष प्याकुरेलले अनुरोध गरे ।
कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशकै समग्र आर्थिक विकासलाई दृष्टिकोण गरी संगठनबाट प्रस्तुत भएको अवधारणामा मन्त्रालय सहकार्य गर्न तयार भएको बताइन् । मन्त्री राईले समाजका हरेक तप्काका युवाहरु वैदेशिक रोजगारीको लालायित भएकाले त्यस्ता युवालाई स्वदेश मै स्वरोजगारीको माध्यमबाट आर्थिक विकासमा संलग्न गराउने वातावरण तयार गर्नु सरकार र निजी क्षेत्रको दायित्व भएकाले मन्त्रालय संगठनसँग सहकार्य गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताइन् ।
उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले सरकारले तीनखम्बे अर्थतन्त्रलाई महत्त्व दिएको बताउँदै संगठनबाट प्रस्तुत योजनाले प्रदेश कै पहिचानलाई स्थापित गर्न मदत पुग्ने विश्वास व्यक्त गरे । यसमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग गर्ने भन्दै उनले संगठनका तर्फबाट प्रस्तुत कार्ययोजनाले निजी क्षेत्र र प्रदेश सरकारको सहअस्तित्वलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको संगठनको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले समग्र उद्यमशीलताको इकोसिस्टम विकास गर्न संगठनबाट प्रस्तुत रणनीतिक योजनाले महत्त्वपूर्ण भूमिका निर्वाह विश्वास व्यक्त गर्दै वर्तमान युग स्टार्टअपको भएकाले स्टार्टअपको क्षेत्रमा युवा जनशक्तिलाई परिलक्षित गर्नुपर्ने धारणा राखे । उनले परम्परागत ढंगको सोच र अवधारणाबाट द्रुत आर्थिक विकासको लक्ष्य प्राप्त हुन नसक्ने भएकाले सोचमा परिवर्तन दिगो आर्थिक विकासको लक्ष्य सहित काम गर्नुपर्ने सुझाव दिए ।
त्यसैगरी, संगठनले नविनतम व्यावसायिक योजनालाई उद्यमशीलतामा रुपान्तरणमा सहयोग पुर्याउने उद्देश्यका सुरु गरेको स्टार्टअप कार्यक्रममा प्रदेश नं. १ का पालिकाको युवाको बढीभन्दा बढी सहभागिता सुनिश्चित गराउन १५ भन्दा बढी पालिकाहरुको उपप्रमुख र प्रशासकीय अधिकृतका साथ भर्चुअल बैठक सम्पन्न गरेको छ ।
कार्यक्रममा संगठनका अध्यक्ष प्याकुरेलले सिर्जनात्मक सोच भएका युवामा उद्यमशीलता विकास र वित्तीय पहुँच स्थापनाका साथै अन्य सेवा उपलब्ध गराउन संगठनले यस कार्यक्रममार्फत सहजीकरण गर्ने बताए । व्यावसायिक सीप र दक्षता भएर पनि मेन्टरसिपको अभावमा वैदेशिक रोजगारीमा जान बाध्य युवाका लागि समेत यो कार्यक्रम अत्यन्त उपयोगी भएको भन्दै अध्यक्ष प्याकुरेलले युवालाई उद्यमशीलतातर्फ अभिप्रेरित गर्न स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने भएकाले संगठनले आह्वान गरेको सूचनालाई जनस्तरसम्म पुर्याइदिने अनुरोध गरे ।
स्टार्टअप कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा र संगठनका स्थानीय, प्रदेश, संघीय सरकार समन्वय समितिका संयोजक तारानाथ निरौलाले स्थानीय पालिकाका प्रतिनिधिलाई पालिकाहरुमा रहेको रोजगार सूचना केन्द्रमा दर्ता भएका रोजगारीका खोजीमा रहेका युवालाई स्टार्टअप कार्यक्रममा आवद्ध हुन आग्रह गरे ।
कार्यक्रममा सहभागी स्थानीय सरकारका उपप्रमुखहरुले दैनिक जसो संयौको संख्यामा रोजगारीको खोजीमा बिदेसिने युवालाई स्वदेशमै नयाँ अवसरको विकास गर्न यस कार्यक्रमले मदत पुर्याउने बताए । स्थानीय पालिकाको तर्फबाट यस कार्यक्रममा अधिकतम युवाको सहभागिता सुनिश्चित गर्न पूर्ण रुपमा सहयोग गर्ने पनि उनीहरुले बताए ।









