काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो । यसअघि डा. पुष्प कँडेल आयोगमा उपाध्यक्ष थिए ।
सोही बैठकले बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको एकजना मन्त्रीले जानकारी दिए छ ।
गण्डकीमा पृथ्वीमानसिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रमुख नियुक्त गर्न सिफारिस गरेको हो । सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर नयाँ प्रमुख सिफारिस गरेको हो ।









