काठमाडौं– बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३०० ले बढेको हो । योसँगै छापावाला सुन प्रतितोला ९२ हजार ४०० र तेजावी सुन ९१ हजार ९०० मा कारोबार भइरहेको छ ।

बुधबार पनि सुनको मूल्य तोलामा ३०० ले बढेको थियो । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार १०० र तेजावी सुन ९१ हजार ६०० मा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार  चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर एक हजार २७० कायम भएको छ । बुधबार तोलामा १५ रुपैयाँ घटेर एक हजार २५५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय