काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ५०० ले र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ९०० र तेजाबी सुन प्रतितोला ९२ हजार ४०० मा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको थियो ।
महासंघका अनुसार शुक्रबार चाँदी अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २८५ मा कारोबार भइरहेको छ ।









