काठमाडौं– सरकारले महालेखा नियन्त्रक मधु मरासिनीलाई अर्थ मन्त्रालयको सचिव बनाउने भएको छ । साबिकका अर्थसचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री कार्यालय तानिएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले मरासिनीलगायत केही सचिवहरुको सरुवा गरेको हो ।

मरासिनी २५ वर्षदेखि अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत छन् । यसअघि उनले अर्थ मन्त्रालयको बजेट महाशाखा र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको नेतृत्व गरेका छन् । यसअघि सरकारले उनलाई न्युयोर्कको महावाणिज्यदूत समेत बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय