काठमाडौं– स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले राज्यमन्त्रीलाई दिइने सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।
मन्त्री पदमा हुञ्जेल आफ्नो व्यापार व्यवसायबाट समेत अलग हुने पनि उनले बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।









