काठमाडौं– सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अंग्रेजी वर्षको जनवरीदेखि अगस्टसम्म ६६ हजार नौ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् ।

अगस्टमा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । उक्त महिना नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिएका छन् । अघिल्लो वर्ष सन् २०२० को सोही महिनामा जम्मा २६५ पर्यटक आएका थिए । कोभिड–१९ अघि सन् २०१९ को अगस्टमा ९४ हजार ७४९ पयटक नेपाल आएको तथ्यांक छ । कोभिड–१९ महामारीको नराम्रो असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आगमन निराशाजनक देखिन्छ ।

बोर्डका प्रवक्ता मणि लामिछानेले महामारीकै बीच पनि झिनो संख्यामा विदेशी पर्यटक नेपाल आइरहेका बताए । उनका अनुसार यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३ र जुलाईमा दुई हजार ९९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय