काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमलाई तत्काल ई–टिकेटिङ लागू गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा आइतबार आयोजित मन्त्रालय र अन्तर्गतका निकाय प्रमुखसँगको छलफल कार्यक्रममा मन्त्री आलेले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका सेवाहरू विद्युतीय माध्यमबाट प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।

उनले भने, ‘नेपाल वायुसेवा निगमबाट प्रदान गरिने सेवाहरू नागरिकले छिटोछरितो जानकारी लिनका लागि सेवाहरू विद्युतीय माध्यमबाट जानकारी दिन सक्ने गरी व्यवस्था गर्नुस्, निगमबारे सबैले नागरिकले जानकारी पाउन सकून् ।’ निर्देशनका क्रममा मन्त्री आलेले राष्ट्रिय ध्वजाबाहक विमान सेवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सबैले हातेमालो गर्नुपर्ने बताए । निगमलाई प्रतिस्पर्धी बनाएर यसको संरक्षण तथा सम्वद्र्धन गर्नसमेत मन्त्री आलेले आग्रह गरे ।

सो कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिव यादवप्रसाद कोइरालाले नेपाल वायुसेवा निगको खस्ँिकदो अवस्था भएकाले उक्त अवस्थालाई माथि उकास्न लागि ठोस पहलकदमी गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय