माले– सन् २०२१ मा विश्वका लगभग सबै मुलुक कोरोना संक्रमणको चपेटामा परेर हवाई सेवा र आवागमन अवरुद्ध भए पनि दक्षिण एसियाली मुलुक माल्दिभ्समा उल्लेखनीय संख्यामा पर्यटक पुगेका छन् ।

सन् २०२१ मा मालदिभ्समा ९ लाखभन्दा बढी पर्यटक आएका छन् । माल्दिभ्स पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

मन्त्रालयका अनुसार सन् २०१९ का तुलनामा भने यहाँ पर्यटक कम आएका छन् । सन् २०१९ को यही अवधिका तुलनामा यस वर्ष यहाँ २९ प्रतिशत कम पर्यटक आएका हुन् । यस वर्ष यहाँ आएका पर्यटकमा अधिकांश भारतीय छन् ।

त्यसैगरी, एसियाका अरु देशका नागरिक र रुस तथा जर्मनीका पर्यटक यहाँ आएका थिए । यी देशका मात्र यहाँ २३ प्रतिशत पर्यटक आएका थिए । त्यसपछि यहाँ फ्रान्स, ताजकिस्तान, स्पेन, बेलायत र अमेरिकी पर्यटक आएका छन् । तर यी देशका भने थोरै मात्र पर्यटक यहाँ आएका छन् ।

मालदिभ्स पर्यटकीय देश हो । मालदिभ्सको राजधानी मालेमा विश्वका देशका नागरिकहरु बिदा मनाउन आउने गर्दछन् । त्यसैले यस देशको मुख्य आय पनि पर्यटन नै हो । तर विश्वका अरु देशहरु जस्तै मालदिभ्सलाई पनि कोभिड १९ को असरले छोएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय