काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले निगमका पूर्व कर्मचारी अधिकारीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निगमका यसअघिका अध्यक्ष सुशील घिमिरेको राजीनामास्वीकृत गर्दै नयाँ कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीले राष्ट्रिय ध्वजाबाहकको मर्यादा र प्रतिष्ठा बढाउने गरी काम गर्ने बताएका छन् । उनले भने, ‘निगमको विभिन्न विभागको जिम्मेवारीमा रहेर लामो समय सेवा गरेको व्यक्ति भएकाले आज मेरो नियुक्तिमा निगमका कर्मचारीहरु अत्यन्तै खुसी छन् । म गएपछि निगमभित्रको लामो समयदेखिको कर्मचारीको आन्दोलन पनि रोकिन्छ । भोलि मैले उहाँहरुलाई सम्बोधन गर्नेछु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय