काठमाडौं– नेपाली सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २०० ले घटेर ९१ हजार ३०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला ९० हजार ८०० मा कारोबार भइरहेको छ । जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार थियो ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासंघले जनाएको छ । चाँदी बिहीबार प्रतितोला एक हजार १९० मा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीका मूल्यमा हुने उतारचडावका आधारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ७७३ डलर आसपास कारोबार भइरहेको छ ।









