काठमाडौं– अर्थ मन्त्रालयमा बसेर डेढ करोडभन्दा बढी भ्रष्टाचार गर्ने एक पूर्वसरकारी अधिकारी अवकाशपछि अख्तियारको फन्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलिया र उनकी पत्नीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । हाल अवकाश लिइसकेका थपलियाविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

थपलियाले ३५ वर्षे सेवा अवधिमा डेढ करोड रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ । २०४० सालमा सरकारी सेवामा प्रवेश गरेका थपलियाले २०७५ चैत ३० गते अवकाश लिएका थिए ।

थपलियाले उक्त अवधिमा ३ करोड ८८ लाख सम्पत्ति आर्जन गरेका थिए । सोमध्ये एक करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँको स्रोत नखुलेपछि अख्तियारले भ्रष्टाचार ठहर गरी मुद्दा दायर गरेको हो ।

थपलियाविरुद्ध आज विशेष अदालतमा एक करोड ६३ लाख ८९ हजार ७०० रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरिएको छ । उनकी पत्नी मुना पन्तका नाममा विभिन्न ठाउँमा घरजग्गा तथा बैंक मौज्दात पाइएको भन्दै अख्तियारले उनलाई पनि प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय