काठमाडौं– निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरले मात्र काठमाडौ–सुर्खेत रुटमा उडान गर्दै आएको छ ।

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार (पुस १८ गते) देखि १८ सिटे जहाजबाट उडान सुरु गर्न लागेको जानकारी दिएका छन् ।

काठमाडौं–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौैं–सुर्खेतका लागि आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ः३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९ः५० बजे उडान भर्ने जनाएको छ ।

प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ः३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए । बुद्ध एयरले भने दैनिक बिहान ७ः२० बजे काठमाडौंबाट उडान भर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय