काठमाडौं– लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवाललाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ)ले सल्लाहकार नियुक्त गरेको छ ।
पत्रकारिता र पर्यटनमा उत्तिकै सक्रिय सिलवालले २०७२ को विनाशकारी भूकम्पसँगै आएको हिमपहिरोले मानवविहीन बनेको लाङटाङमा पहिलो पत्रकारको रुपमा पैदलै पुगी ‘घर फर्किरहेका मान्छे’ र ‘वेकिङ एन्ड वाकिङ’ शीर्षकमा दुई वृत्तचित्र निर्माण गरेका थिए । टुर(ट्रेकिङ गाइडिङ समेत गर्ने गरेका उनी ट्रेकिङ प्रशिक्षक पनि हुन् । कलम, लेखक दुनियाँ र श्रीलंका स्मृति उनका प्रकाशित कृति हुन् ।
सिलवालसँगै प्रा. डा. प्रेम शर्मा, रविजंग पाण्डे, दिपक दाहाल, शिवप्रसाद पौडेल र सरस्वती श्रेष्ठलाई पनि भिटोफले सल्लाहकार नियुक्त गरेको छ ।









