काठमाडौं– बेपत्ता भएको तारा एयरको जहाजमा १६ जना नेपाली र ६ विदेशी गरी २२ जना यात्रु रहेको खुलेको छ ।

तारा एयरले उपलब्ध गराएको नामावली जहाजमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, तुलसादेवी तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ चढेका थिए ।

विदेशी यात्रुमा मिक ग्राट, अशोकुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बान्डेकर थिए ।

उक्त विमान पाइलट प्रभाकर घिमिरेले उडाएका थिए । उत्सव पोखरेल सहचालक रहेको जहाजमा किस्मी थापा एयर होस्टेस थिइन् ।

पोखरा विमानस्थलबाट आइतबार विहान ९ः५५ मा उडेको उक्त जहाज मुस्ताङको घाँसा क्षेत्रमा दुर्घटनामा परेको आशंका गरिएको छ । वरपरका स्थानीयले ठूलो आवाजमा विस्फोट भएको बताएपछि सोही क्षेत्रमा केन्द्रित भएर खोजी सुरु गरिएको छ ।

९ एनएइटी कलसाइनको उक्त जहाज आइतबार बिहान १०ः१५ बजे जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय