काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई सरकारले बर्खास्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले न्यौपानेलाई बर्खास्त गरेका हुन् ।

अध्यक्ष न्यौपानेलाई हायात रिजेन्सी होटलसँग मिलेमतो र सेटिङ गरेर सरकारी सम्पत्ति संरक्षणमा बेवास्ता गरेको आरोप लागेको थियो । अध्यक्ष न्यौपानेलाई हटाइएको पत्र विकास समितिको कार्यालयमा दर्ता गराइएको सो मन्त्रालयले जनाएको छ ।

समितिको ऐनमा अध्यक्ष पद आलंकारिक हुने भए पनि न्यौपाने नियमित कार्यालय जाने र मासिक तलब सुविधासमेत लिने गरेको गुनासो विकास समितिका कर्मचारीहरुको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय