काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य मज्जैले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि तोकेको मूल्य अघिल्लो दिनको तुलनामा १८०० रुपैयाँले कम हो ।

मंगलबारका लागि महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ तोकेको छ । सोमबार छापावाल सुन ९८ हजार ९०० सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि मंगलबार प्रतितोला २० रुपैयाँले घटेको छ । सोमबार १२ सय ६५ रुपैयाँ तोलाको दरले किनबेच भएको चाँदीका लागि १२ सय ४५ रुपैयाँ मूल्य तोकिएको छ । महासंघले मंगलबारका लागि तेजावी सुनको मूल्य ९६ हजार ६०० रुपैयाँ तोकेको छ ।

महासंघले हरेक दिन अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपाली बजारका लागि सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय