काठमाडौं– सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ ।

आइपिएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषावकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यीमध्ये लामिछानेले यसअघि आइपिएल खेलिसकेका छन् । यसपटक क्यानमार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आइपिएलका लागि दर्ता गराएका हुन् ।

आइपिएलका लागि छनोट हुने, नहुनेबारे आगामी फागुन ६ गते टुंगो लाग्नेछ । उक्त छनोट भारतको चेन्नईमा हुनेछ । आइपिएलका लागि नेपालका आठसहित १५ देशका एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा भारतका ८१४ खेलाडी छन् ।

आइपिएलका लागि अफागानिस्तानका ३०, अस्ट्रेलियाका ४२, बंगलादेशका ५, बेलायतका २१, आयरल्यान्डका दुई, नेदरल्यान्डका एक, न्युजिल्यान्डका २९, स्कटल्यान्डका सात, दक्षिण अफ्रिकाका ३८, श्रीलंकाका ३१, युनाइटेड अरब इमिरेट्स (युएई) का नौ, अमेरिकाका दुई, वेस्टइन्डिजका ५६ र जिम्बावेका दुई खेलाडीले नाम दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय