काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोली फिफा वरियतामा आठ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीवार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७६औं स्थानमा पुगेको हो । जुन पछिल्लो वरियताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि वरियताको १६८औं स्थानमा थियो ।

नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो ।

वरियताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम यथावत छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै चौथो स्थानमा फ्रान्स र पाँचौं स्थानमा इङ्ल्यान्ड छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय