काठमाडौं– एनआइसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बिमाबापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

बिमा लाभ प्राप्त गर्ने बैंकको स्वयम्भू शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ खाता खोलेका हरिन्द्र शाह तेली, जाजरकोट शाखामा त्यस्तै खाता खोलेका प्रचण्डजंग शाह र थली शाखामा त्यस्तै खाता खोलेका कागेश्वरी मनोहरा नगरपालिकाका सञ्जित तामाङ रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ । उनीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमबीच बिमा रकम बराबरको चेक हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बिमा रकम भुक्तानी गरेको बताइएको छ ।

उक्त बैंकको बचत खातामा उपलब्ध बिमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १,१३७ जनाभन्दा बढी ग्राहकले घातक रोग बिमाबापत २ करोड ४० लाख, दुर्घटना बिमाबापत ४० लाख र मेडिकल बिमाबापत २ करोड ६९ लाख गरी कुल ५ करोड ४९ लाख रुपैयाँभन्दा बढी बिमा रकम प्राप्त गरिसकेको पनि बैंकको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बिमा (१८ वटा घातक रोगको बिमा, दुर्घटना बिमा र मेडिकल बिमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदा, ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदा गरी कुल २४ सर्वश्रेष्ठ फाइदा भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकसामु ल्याएको छ । उक्त बचत योजनाअनुसार ग्राहकले प्राप्त गर्ने बिमा, कर्जासम्बन्धी सुविधालगायत डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो सेयर खाता, ई–कमर्स नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस÷सी आइपिएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवा ग्राहक वा उसले मनोनीत गरेका अन्य ३ व्यक्तिका लागिसमेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था गरेको जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय