काठमाडौं– सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।
हालका महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्री वालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार बनाएको छ ।
केसी नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत थिए। महानिरीक्षक कार्की र अतिरिक्त महानिरीक्षक केसीबीच टकराव चलिरहेको चर्चाबीच सरकारले केसीलाई महानिरीक्षक बनाउँदै कार्कीलाई सो जिम्मेवारीबाट हटाएको छ ।
पछिल्लो समय नेपाल प्रहरीमा कार्की र केसीबीच टकराव रहेको चर्चा चलिरहेको थियो ।
केसी २०५४ चैतमा प्रहरी निरीक्षकको रुपमा सेवा प्रवेश गरेका व्यक्ति हुन्।









