काठमाडौं– हिमालयन हाइड्रोपावरको सेयर सर्वसाधारण लगानीकर्तालाई बाँडफाँट भएको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा मंगलबार बिहान सेयर बाँडफाँट भएको हो ।

कम्पनीले असार १५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको उक्त सेयरमा १५ लाख ९५ हजार ५५४ आवेदकले १ करोड ७७ लाख ५४ हजार ३०० कित्ता माग गरेका थिए । कुल आवेदनमध्ये १ हजार ६११ आवेदन रद्द भई १५ लाख ९३ हजार ७९६ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

स्वीकृत आवेदनमध्ये १ लाख ८३ हजार ४७ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । तिनैमध्येका २ आवेदकले थप १ कित्ता गरी ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीले असार १५ गतेदेखि प्रतिसेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयर सर्वसाधारणलाई बाँटफाँट गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय