काठमाडौं– सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने भएका छन् । यी दुई कम्पनीबीच मर्जरमा जाने सहमतिपत्र (एमओयु) मा बिहीबार हस्ताक्षर सम्पन्न भएको छ ।
यी दुई कम्पनीबीच लुम्बिनीको १०० कित्ता सेयर बराबर ८० एकीकृत कम्पनीको ८० कित्ता सेयर हुने गरी (१००ः८० अनुपात) मर्जरमा जाने सहमति भएको हो । मर्जरपछिको कम्पनीमा चंकी क्षेत्री प्रमुख कार्यकारी अधिकृत रहने र अध्यक्ष लुम्बिनी जनरल इन्स्योरेन्सले पाउने गरी सहमति भएको छ ।
अहिले सगरमाथाको चुक्ता पुँजी १ अर्ब ३३ करोड र लुम्बिनीको १ अर्ब ३१ करोड रुपैयाँ छ । मर्जरपछि बिमा समितिले तोकेको चुक्ता पुँजी २ अर्ब ५० करोडभन्दा माथि हुनेछ ।









