काठमाडौं– आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले मोबाइल रिचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ ।
डिजिटल भुक्तानीको लागि मुख्य रोजाइमा पर्दै आएको दाबी गरिएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको जनाएको छ । यसै सेवामा थप प्रवर्द्धन गर्ने उद्देश्यले आइएमई पेले मोबाइल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफर ल्याएको छ ।
आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीले आइएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा २ प्रतिशत क्यासब्याक पनि पाउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
यस क्यासब्याक अफरलाई अझ रमणीय बनाउन कम्पनीले एकजना भाग्यशाली विजेतालाई यस अभियानको पहिलो महिनामा वान प्लस टेन प्रो स्मार्टफोन पनि उपलब्ध गराउने बताएका छन् । सोको निम्ति सेवाग्राहीले महिनाभरी कम्तीमा ५० को १० टप–अप गर्नुपर्ने नियम तथा सर्त कम्पनीले तोकेको छ ।









