काठमाडौं– एनआइसी एसिया क्यापिटल लिमिटेडले सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्नेलगायतका विषय राखेर छैटौं वार्षिक साधारणसभा आह्वान गरेको छ । साउन १५ गते सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले छैटौं वार्षिक साधारणसभा आगामी भदौ ८ गते कम्पनीको रजिस्टर्ड कार्यालय, थापाथलीमा बिहान ९ बजे गर्ने निर्णय गरेको हो ।

उक्त वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पनि छलफल गरी पारित गर्नेछ ।

(यसअघि समाचारको शीर्षकमा क्यापिटल छुटेकाले थप गरिएको छ– सम्पादक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय