काठमाडौं– एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिलालाई लक्ष्य गरी एनएमबि स्मार्ट नारी बचत खाता नामको बचत योजना सार्वजनिक गरेको छ ।
महिलालाई बचतमा प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन प्रयासस्वरुप ल्याइएको योजना अन्तर्गत ग्राहकले मेडिकल, स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक पाँच हजारसम्म क्यासब्याक पाउन सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो सेयर, डिम्याटलगायतका सुविधाको फाइदा लिन सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।
यस योजनाअन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशासनिक शुल्कमा ०.२५ प्रतिशतसम्म विशेष छुट पाउने बैंकले जनाएको छ ।









