काठमाडौं– नेपाल म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको अध्यक्षमा शिवकुमार अग्रवाल निर्वाचित भएका छन् । बुधबार काठमाडौंमा सम्पन्न चेम्बरको १२औं साधारणसभाले अग्रवालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
चेम्बरको वरिष्ठ उपाध्यक्षमा रतनलाल केडिया, द्वितीय उपाध्यक्षमा मोहनविर थापा, महासचिवमा सुभाषकाजी श्रेष्ठ, सचिवमा अमृत खड्का र कोषाध्यक्ष लक्ष्मीप्रसाद सुवेदी निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरु पवनकुमार अग्रवाल, मोहनलाल दारुका, रामचन्द्र खेतान, राज लामा, प्रदीपकुमार रुगंटा, श्रीमती सृजन सुवेदी र मुकुन्दप्रसाद तिमिल्सिना निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष अग्रवालले दुई मुलुकबीचको लगानी, व्यापार र पर्यटन प्रवर्द्धन तथा जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउन लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।









