काठमाडौं– पतञ्जली आयुर्वेद र आइएमईबीच रेमिटेन्स साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार भारतमा बसोबास गर्ने लाखौं नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आबद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।

सम्झौतापत्रमा पतञ्जली समूहद्वारा प्रवर्द्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषि कुमार र आइएमई इन्डियाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।

मंगलबार दिल्लीमा उक्त समझदारीपत्र आदानप्रदान भएको विज्ञप्तिमा उल्लेख छ । समझदारीपत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी रामदेवले यो साझेदारीले भारत–नेपालबीचमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई बलियो बनाउने र नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई परिवारका सदस्य वा नातेदारलाई पैसा पठाउन सुविधाजनक एवम् सहज माध्यम थपिएको बताए ।

आचार्य बालकृष्णले यो साझेदारी पतञ्जली समूह र यसको संस्था भरुवा सोलुसन प्रालिले प्रदान गर्ने वित्तीय सेवामा एउटा अर्को उपलब्धि थपिएकोमा प्रशन्नता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय